माइतीघरमा मोदी र ओलीको पुत्ला दहन, दर्जनौँ युवा पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली भूमी हुँदै भारतले एकतर्फी निमार्ण गरेको सडकको विरोधमा काठमाडौंको माइतीघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

भारतले नेपाली भुमी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न सडक निर्माण गरी उद्घाटन गरेको छ । पुत्ला दहनमा करिब ३० जना युवायुवती सहभागी थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

तस्वीर : अनिल आङदेम्बे