न्युज अफ नेपाल, हेटौंडा ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ बस्ने फुलमाया तामाङले घरमा लागुऔषध गाँजा लुकाइराखेको सुचना शनिबार राति करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय मनहरीमा आयो ।
प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटियो । टोलीले उनको घर खानतलासी गर्दा चोटामा लुकाइराखेको अबस्थामा ८० किलो गाँजा फेला पर्यो । घरधनी तामाङलाई गाँजासहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिप्रका मकवानपुरका सुचना अधिकारी प्रनि सुजन पाठकले बताउनुभयो ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम उनलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने प्रनि पाठकले दाबी गर्नुभयो ।











प्रतिक्रिया