विप्लव समूहका नेता पक्राउ

0
Shares

न्युज अफ नेपाल, काभ्रे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले विप्लव समुहका नेतालाई पक्राउ गरी मुद्दा चलाएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को दफा १४० र संगठित अपराध निवारण ऐन २०७० अनुसार पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव समुहका नेता लेखराज गजमेरलाई सिन्धुपाल्चोक जिल्लाले २०७६ फागुन ७ गते २५ हजार धरौटीमा रिहा भएका थिए । सिन्धुपाल्चोक जिल्लाबाट छुटे लगत्तै दोलखाले पक्राउ गरेको थियो । दोलखा जिल्ला प्रशासन कार्यालयले उनलाई साधारण तारेखमा रिहा गरेको थियो । दोलखापछि रामेछाप रामेछाप जिल्लाबाछ बैशाख १७ गते साधारण तारेखमा छुटेका थिए । सोहि दिन प्रहरीले पक्राउ गरी गजमेरलाई काभ्रे ल्याएको हो ।

२०६२ साल देखी नेकपा माओबादी पार्टीको समर्थक भई राजनितीमा सक्रिय गजमेरलाई २०७६ पुष १६ गते मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ स्थित मेलम्ची एण्ड ईन्द्रावती स्टोन प्रा.लि. को कम्पाउड भित्र बिष्फोटक पदार्थ प्रेसर कुकर बम जस्तो देखिने पदार्थ राखी त्रसित बनाएको अभियोग छ । उक्त विस्फोटक पदार्थलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको थियो ।

चौरीदेउराली गाँउपालिका वडा नम्वर ५ घर भएका ४० बर्षिय लेखराज गजमेरलाई धुलिखेल प्रहरीले हिरासत राखी अनुसन्धान गरिरहेको छ ।