नग्न अवस्थामा ड्रोन उडाउने चिनियाँ पक्राउ

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

पोखरा फेवातालमा आफु खुसी डुङा लगि नग्न अवस्थामा ड्रोन उडाउने ३ जना चिनियाँ पर्यटकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा ६ बैदामम रहेको तालबराही मन्दिरमा चिनियाँ पर्यटकले आफु खुसी डुङ्गा लगि पौडी खेली ड्रोन उडाएका थिए । उनिहरुलाई वडा प्रहरी कार्यालय बैदामका इन्स्पेक्टर बुद्धि बहादुर पुरिको नेतृत्वमा पुगेको टोलिले पक्राउ गरेको हो ।

पक्राउ पर्ने तिनै जना पर्यटक पुरुष रहेको कास्की प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ६१ वर्षीय हाङ यु, २८ वर्षीय उ ह्वाङ र ३६ वर्षीय यङ हेन्यु रहेका छन ।