हेटौंडा अस्पताललाई ‘सिष्टर रोबोट’

0
Shares

रोशन पराजुली,हेटौंडा ।

कोरोना भाइरस (कोभिड–१९) को त्रास बढेको समयमा स्वास्थ्यकर्मीले सीधै बिरामीसम्म पुगेर जाँच गर्ने, औषधि दिने भन्दा पनि अत्याधुनिक प्रविधिमा अप्रत्यक्षरुपमा सेवा गर्ने गरी ‘सिष्टर रोबोट’ हस्तान्तरण गरिएको छ । संक्रमितको रेखदेख गर्न रोबोट सारथि बन्ने विश्वास छ ।कोरोनाको सन्त्रासले महामारीको रुप लिएसँगै यसको संक्रमण बढ्न नदिन विश्व नै यतिबेला लागिपरेको छ । नेपालमा दिन प्रतिदिन कोभिड–१९ को संक्रमण बढ्दै गएपछि बिरामीको उपचार रोबोटको सहयोगमा गर्न थालिएको हो ।

रोेबोट वार्डमा घुम्छ र व्यक्तिको स्वास्थ अबस्थाबारे स्वास्थ्यकर्मीलाई जानकारी दिन्छ । डाक्टरको सूचना पनि बिरामीलाई दिन्छ । बिरामीको आवश्यकताअनुसार खाना र औषधी बितरणमा पनि यसको प्रयोग हुनेछ ।कोरोना संक्रमित बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्ने उद्धेश्यले ‘सिष्टर रोबोट’ प्रयोगमा ल्याउन लागिएको हो ।

नेपाल इञ्जिनियर एसोसिएसन बागमती प्रदेश समितिले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमार्फत् हेटौंडा अस्पताललाई रोबोट हस्तान्तरण गरेको छ । ‘सिष्टर रोबोट’ हेटौंडा–४ को कर्रामा रहेको आइसोलेसनमा राखिनेछ ।कोरोना संक्रमित बिरामीलाई सीधै स्वास्थ्यकर्मी पुगेर जाँच गर्ने, औषधि दिने र सहयोगीले खाना लगिदिने भन्दा पनि ‘सिष्टर रोबोट’ का माध्यमले पु¥याइने हेटौंडा अस्पताल प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी छुट्टै कोठामा बसेर कम्प्युटरका माध्यमले रोबोट बिरामीकहाँ पु¥याइने, बिरामीले आफ्ना समस्या भिडियोमार्फत् राख्ने र त्यहीअनुसार उपचार गर्न सहजताका लागि उक्त रोबोट उपयोगमा ल्याइने डा. श्रेष्ठले बताउनुभयो । कोरोना संक्रमितका बिरामीको उपचारका लागि सहजता प्रदान गर्ने र कोरोनाको संक्रमण स्वास्थ्यकर्मीमा नफैलियोस् भन्ने उद्धेश्यले अस्पताललाई उपलब्ध गराइएको अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

उक्त रोबोटमा ३० केजीसम्म सामान रिमोटका माध्यमले बिरामीसम्म लैजान सजिलो हुनेछ । करिब ९० हजार लगानीमा रोबोट निर्माण गरिएको एसोसिएसन प्रदेश अध्यक्ष नन्दलाल बञ्जाडेले बताउनुभयो । कोरोना भाइरस संक्रमितको नजिक जानुहुन्न । गयो भने भाइरस सर्छ । दुरी कायम गर्नुपर्छ । त्यसकारण उनीहरुको हेरचाह र रेखदेखका लागि यस्तो उपाय अपनाइएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालमा डाक्टर र नर्सहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । ‘रोबोटको सहयोगमा डाक्टर र नर्सलाई भाइरस सर्ने सम्भावना कम हुन्छ,’ उहाँ भन्नुहुन्छ–‘बिरामीको उपचारमा पनि कमी हुँदैन ।रिमोटबाट रोबोटलाई नियन्त्रण गर्न सकिन्छ । रोबोटमा क्यामेरा जडान गरिएको हँुदा ल्यापटपमा हेरेपछि नियन्त्रण गर्न सकिन्छ । डाक्टर वा नर्सले रिमोटबाट सजिलै नियन्त्रण गर्न सक्ने गरी रोबोट निर्माण गरिएको छ ।

रोबोटले आवश्यक चिज बिरामीसम्म पु¥याउने भएकोले स्वास्थ्यकर्मी र बिरामीबीच प्रत्यक्ष सम्पर्कमा आउनु पर्दैन । त्यसैले रोबोट प्रयोग गर्दा बिरामीको सेवा गर्नेहरु सुरक्षित हुने निर्माताको दाबी छ ।
नेपालमा राष्ट्रिय आविष्कार केन्द्रले पनि कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि खाना तथा औषधि पु¥याउने रोबोटको विकास गरेको छ ।