कोरोना नियन्त्रणमा चिनियाँ अनुभव उपयोगी : मन्त्री ढकाल

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ।

स्वास्थ्यतथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना (कोभिड-१९) भाइरस विश्वकालागि ठूलो चुनौति रहेको र चीनले प्राप्त गरेको अनुभव कोभिडको संक्रमण नियन्त्रणमा महत्वपूर्ण निधि सावित भएको बताउनुभएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया गु्रपले संयुक्त आयोजना गरेको नेपालचीन स्वास्थ्य विशेषज्ञ भर्चुवल मञ्चमा मन्त्री ढकालले नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडामिहिनेतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको बताउनुभयो । महामारी नियन्त्रणमा चिनियाँ अनुभव सारा विश्वको लागि उपयोगी हुने मन्त्री ढकालले विश्वास ब्यक्तगर्नुभयो ।

कार्यक्रममा नेपालकालागि चिनियाँ राजदूत हौ यान छिले कोभिड १९ को महामारी समस्त मानव जातिको साझा त्रासको विषय बनेको उल्लेख गर्दै आपसी समन्वय र सहयोगबाट मात्रै कोभिड विरुद्ध लड्न शक्ति मिल्ने बताउनुभयो ।

पहाड र नदीहरुले जोडिएको नेपाल र चीनले महामारीको समना गर्न प्रदर्शन गरेको ऐक्यबद्धता र आपसी सहयोगले दुबै देश र जनताबीचको मित्रताको अगाध प्रतिविम्वित भएको स्पष्टगर्नुभयो । महामारीको रोकथाम र नियन्त्रणमा नेपाल सरकारल चालेको कडा कदमको प्रशंसा गर्दै त्यसले नेपालमा सकरात्मक नतिजा देखिएको राजदूत हौले उल्लेख गर्नुभयो ।

नेपालको तर्फबाट मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिफ कन्सल्ट्यान्ट फिजिसियन डा. अनुप बास्तोला तथा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले चिनिया ँचिकित्सकहरुसँग कोभिडसँग सम्बन्धित जिज्ञाशा राख्नुभएको थियो ।

वीपी कोइराला स्मृति क्यान्सर अस्पतालका चिनियाँ चिकित्सक टोलीका प्रमुख डा। लिउ लिउ, चीनबाट डा. चाङ्ग सिन ल्याङ्ग, डा. याङ्ग नान, डा. वाङ्ग फै लगायतले कोभिडको उपचार र महामारी नियन्त्रणमा प्राप्त गरेको अनुभव एवम् नेपाली विज्ञहरुबाट प्राप्त जिज्ञाशाको जवाफ दिनुभएको थियो । चाइना मिडिया ग्रुप अन्तर्गत चाइना सेन्ट्रल टेलिभिजन, चाइना रेडियो इन्टरनेशनललगायतका नियाँ संचार माध्यम तथा नेपालको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभ पेजमा कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।