नेकपाको सचिवालय बैठक वालुवाटारमा जारी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक अहिले जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले भोलि बस्ने पार्टीको स्थायी कमिटीमा पेस हुने प्रस्तावबारे छलफल गर्न सचिवालय बैठक बसेको हो ।

बैठकमा पछिल्लो समय नेकपाभित्र जारी आन्तरिक विवादबारे पनि छलफल हुनेछ। नेकपामा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विभिन्न विषयमा विवाद देखिएको छ।

पार्टी फुटको संघारमा पुगेको नेकपामा गत २० गते बसेको सचिवालय बैठकपछि ‘युद्धविराम’ जस्तो अवस्था छ। पार्टीभित्रको आन्तरिक विवाद केही मत्थर भएको बेला आज पार्टीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको थियो ।