न्युज अफ नेपाल, काठमाडौं ।
आजमात्र थप दस जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ ।
नेपालगञ्जको प्रयोगशालमा परीक्षण गर्दा ९ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा गरिएको परीक्षणमा पर्सा जिल्लाका ३६ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभएको छ । यो सँगै नेपालमा संक्रमीतको संख्या ६९ पुगेको छ ।
डा. देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । संक्रमित ७ बर्ष देखि ५८ वर्ष सम्मका रहेको उहाँले जानकारी गराउनुभयो ।
कोरोना संक्रमिभ १६ जना निको भएर घर फर्किएका छन् ।











प्रतिक्रिया