न्युज अफ नेपाल, काठमाडौं ।
वीरगञ्जका एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।
कोरोना शंकास्पद उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उक्त परीक्षणमा उनलाई कोरोना संक्रमण भएको देखिएको हो । संक्रमण पुष्टि भएका उनलाई नारायणी अस्पताल लगिएको छ ।











प्रतिक्रिया