राष्ट्रपति भण्डारीद्वारा संसदको बजेट अधिवेशन आह्वान

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गतेका लागि संसदको बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसो ४ बजे संघीय संसदको अधिवेशन सुरु हुनेछ । सामाजिक दुरी कायम राख्दै अधिवेशन गर्ने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्नेछ।