कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको सीमामा थप कडाइ

0
Shares

न्युज अफ नेपाल, बुटवल ।

विश्व नै आक्रान्त पारेको कोभिड १९ (कोरोना) रुपन्देहीमै देखिए पछि यहाँका स्थानिय तहहरुले थप सर्तकता अपनाएका छन् । अहिले सम्म लकडाउनमा केही नरम भएका स्थानिय तहहरु यसको पालनमा कडाई अपनाउन थालेका हुन ।

रुपन्देहीमै कोरोना संक्रमित देखिए पछि जिल्लाको सीमा नाकामा पर्ने गाउँपालिकाहरुले आकस्मिक बैठक बसेर बिभिन्न निर्णय गरेका छन् ।

रोहिणी गाउँपालिकाको आकस्मिक बैठकले सीमानाकाहरुमा थप सर्तकता र कडाई अपनाउने निर्णय गरेको छ । गाउँपालिकाको ५ वटा वडाहरु भारतीय सीमा सित जोडिएर रहेको हुदा यी वडाहरुमा गाउँपालिकाले स्थानियहरुको थप टोली बनाई उनिहरुलाई परिचालित गर्ने जनाएको छ । यस्तै गाउँपालिकावासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर नजान तथा पास बाहेकका सवारी साधन नचलाउन पनि गाउँपालिकाले सूचना जारी गरेको छ ।

रोहिणी गाउँपालिकाको बाटो प्रयोग गर्ने बिभिन्न मालवाहक सवारी साधनहरु अब देखी रोहिणी गाउँपालिकामा रोक्न नपाउने निर्णय समेत गरिएको छ । गाउँपालिकाले अति विपन्न परिवारहरुको लागी दोश्रो चरणको राहत वितरण गर्ने जानकारी पनि दिएको छ ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रुपन्देहीमै कोरोना देखिएकोले यस क्षेत्रमा थप सर्तकता अपनाईएको बताउनु भयो् ।
उहाँले सुरक्षाकर्मि र स्थानिय स्वयम सेवक सहित अहिले आफै खटिएको बताउनु भयो । उहाँले यस अघि पनि कडाई गरिए पनि अब देखी भने थप कडा रुपमा लकडाउनको पालना गर्ने बताउनु भयो । यसका साथै सीमानाकाबाट अवैध रुपमा आवागमन रोक्न स्थानिय स्वयमसेवकहरुलाई खाजा खर्च दिएर उनिहरुलाई अझै सक्रिय बनाईने उहाँले बताउनु भयो ।