लेखापढी व्यवसायीद्वारा राहत प्रदान

0
Shares

न्युज अफ नेपाल, बुटवल ।

नेपाल लेखापढी तथा कानून ब्यवसायी एशोसिएसन ईकाइ समिति भैरहवाले आफु मातहतका सदस्य, सहयोगीलाई राहत प्रदान तथा सिद्धार्थनगर नगरपालिकाको कोरोना बिशेष राहत कोषमा सहयोग गरेको छ ।

कोरोना महामारीको दौरान बिगत लामो समय देखी लकडाउनको मार खेपि रहेका आफ्ना सदस्य तथा सहयोगीहरुलाई समितिले राहत प्रदान गरेको हो । मालपोत कार्यालय, नापी कार्यालय तथा अन्य अड्डा अदालतमा लेखापढि गरि बस्ने ब्यवसायीहरु यी कार्यालय बन्द हुदा समस्यामा परेका थिए । दैनिक रुपमा काम गरि गुजारा गर्दै आएका यस्ता ब्यवसायीलाई सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको समितिका अध्यक्ष भागवत प्रसाद उपाध्यायले जानकारी दिए ।

समितिमा आवद्ध १ सय १६ जना सदस्यहरुलाई जनही ७ हजार रुपैया र ४० जना सहयोगीहरुलाई जनही २ हजार ५ सयको दरले राहत प्रदान गरिएको नेपाल लेखापढि तथा कानून ब्यवसायी एशोसिएसन ईकाइ समिति भैरहवाका कोषाध्यक्ष अशोक प्रजापतिले बताउनु भयो ।

यस्तै समितिले सिद्धार्थनगर नगर पालिकाको कोरोना बिशेष राहत कोषमा पनि २० हजार रुपैया प्रदान गरेको छ ।