मन्दिरको सामान चोरीमा संलग्न तीन पक्राउ

0
Shares

सोलुखुम्बु ।

मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका २ बुङ घर भई खुम्बुपासाङल्हमु गाउँपालिका ४ पाङबोचेबस्ने २५ वर्षीय राजेशराई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई सोलुखुम्बु खुम्बुपासाङल्हमु गाउँपालिका ४ दिंबोचे बस्ने ३९ वर्षीय राजेशराई रसोलुखुम्बु माहाकुलुङ गाउँपालिका २ पेल्माङ  घरभई खुम्बुपासाङल्हमु गाउँपालिका ४ फोर्चे बस्ने २७ वर्षीय मदनराई रहेका छन् ।

२०७६ भदौमा सोलुखुम्बुस्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो‘नि’माला, नर्थ फेस टेन्ट १ थान, कम्वल ४ थान र भेटीरकम १५ हजार रुपैयाँ चोरीहुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।