बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ ।