उपचारपछि कोरोनामुक्त भएका रौतहटका एक युवक पुन: आइसोलेशन वार्डमा

0
Shares

सञ्जय कार्की, रौतहट ।

उपचारपछि कोरोनामुक्त भएका रौतहट, इशनाथ नगरपालिका–४ का एक १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएको भन्दै एक साता पछि उपचारको लागि भन्दै पुन : नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

भारतबाट घर फर्केपछि ईशनाथ नगरपालिकाको क्वारेन्टाईनमा रहेका बेला ती युवकलाई कोरोना भाईरसको सक्रमण देखिएको भन्दै गत बैशाख १ गते बीरगज स्थित ती युवकलाई उपचारको लगिा नारायणी अस्पतालको आइसोलसन वार्डमा भर्ना गरिएको थियो । भर्ना भएको १४ दिनपछि अर्थात गएको बैशाख १४ गते घर फर्काइएका ती युवकलाई पुन कोरोना भाईरसको सक्रमण देखिएको भन्दै गत २० गते पुन नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचारात भर्ना गरिएको छ । बीरगजमा भेटिएका कोरोना भाईरस संक्रमित तीन भारतीय मुस्लिम धर्मप्रचारक संगै ईशनाथ नगरपालिकाका ती युबक लाई निको भएको भन्दै घर फर्काईको थियो ।

वैशाख १० र १३ गते दुई पटकको परिक्षणमा कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि उनीहरु लाई घर फर्काईको थियो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपरेकाले आइसोलेसन वार्डमा भर्ना गरिएको बताउनु भयो । घर फकाईएका रौतहटका युबकको थ्रोट स्वाब रि–चेक हुँदा पोजिटिभ आएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट घर फर्काइएका रौतहटका युवकको फेरि थ्रोट स्वाब संकलन गरी पठाउनू,’ भनी अस्पतालमा जानकारी आएपछि उनलाई अस्पताल पुरयाइएको हो । सो वार्डमा यो समेत तीन जना रौतहटका युबक भर्ना भएका छन ।