कलाकारद्वारा विपन्नलाई राहत वितरण

0
Shares

यमलाल भुसाल, बुटवल ।

दैनिक ज्यालादारी र गरिखाने वित्पन्न बर्गका जनसमुदायलाई खाद्यानको संकट भईरहेको अवस्थालाई मध्य नजर गर्दै नृत्यकर्मी तथा संगित कलाकारहरुले राहत बितरण गरेका छन ।

नृत्यकर्मी संघ नेपाल, रुपन्देही तथा संगीत कलाकार संरक्षण अभियानको पहलमा तिलोत्तमा नगरपालीका वार्ड नम्बर ४ का बिपन्न परिवारलाई २० हजार बराबरको राहत स्वरुप खाद्यान लगाएतका सामाग्री बितरण गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीको संक्रमण नियन्त्रण गर्न जारी गरिएको लकडाउनका कारण गरिखाने वित्पन्न बर्गका जनसमुदायलाई खाद्यानको संकट भैइरहेको अवस्थालाई मध्य नजर गर्दै राहत बितरण गरिएको नृत्यकर्मी संघका पुर्व अध्यक्ष अनु रजकले बताउनु भयो ।

खाद्यान वितरण कार्यक्रममा संगीत तथा कलाकार संरक्षण अभियानका सहजकर्ता किशोर वि.क, तीनपा. वार्ड न. ४ का अध्यक्ष दिपक ढकाल, वार्ड सद्स्य मान बहादुर श्रेष्ठ, वार्ड सद्स्य तथा राहत व्यवस्थापनका संयोजक मन्जु थापा, नृत्यकर्मी संघ नेपाल, रुपन्देहीका अध्यक्ष मुकेश गुरुङ, उपाध्यक्ष तथा राहत वितरणका संयोजक प्रियन्का थापा, कोषाध्याक्ष पुनम थापा,समाजसेवी रुकु पान्डेय लगाएतले बितरण गरेको रजकले बताउनु भयो ।

सामाजिक दुरी कायम गर्दै सुरक्षित रहि लकडाउनको मापदण्ड पालना गरि राहत सामाग्री बितरण गरिएको र गरिखाने कलाकारहरुको अवस्था समेत बुझि घरबहाल छुट लगाएतका बिषयमा राहत प्रदान गर्न तिनै तहका सरकारलाई आग्रह गरिएको पनि रजकले बताउनु भयो ।