रुपन्देहीको कञ्चन गाउँपालिका क्षेत्रमा काठ तस्करी मौलायो

0
Shares

यमलाल भुसाल, बुटवल ।

लकडाउनको मौका छोपी रुपन्देहीको कञ्चन गाउपालिका बिभिन्न सामुदायिक बनहरुमा काठ तस्करी मौलाएको छ ।

शनिवार विहान काठ तस्करहरुले अबैध रुपमा सालका गोलियाहरु ओसार पसार गरिरहेको खवर पाएपछि स्थानियहरु बिहान करिब ४ बजेको समयमा उक्त स्थानमा पुग्दा काठ तस्करहरु भागेकाले वनमा काठ तस्करीको रहस्य सार्वजनिक भएको हो ।

स्थानियहरुले नै खोजतलास गर्दा कञ्चन गाउपालिका वडा नं. २ र ४ को सिमाना र साबिकको वडा नं. २ स्थित मसिना भन्ने ठाउहरुबाट ६ थान हरियो सालका गोलियाहरु बरामद गरेका हुन ।

अबैध रुपमा काठ ओसार पसार गरिरहेकोवारे इलाका प्रहरी कार्यालय,रुद्रपुरलाई जानकारी दिएको भएपनि समयमै सुरक्षाकर्मी घटना स्थलमा नपुग्दा काठ तस्करहरु भाग्न सफल भएको स्थानियहरुले बताएका छन ।

स्थानियद्धारा बरामद गरिएका ती सालका गोलियाहरुको सुरक्षा र आवश्यक कारवाहीका लागि कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीको निरीक्षण र स्थानिय प्रहरी प्रशासनको रोहबरमा रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४,गरगरेका प्रतिनीधीलाई बुझाइएको छबिलाल थापाले बताउनु भयो ।

काठ चोरी भैरहेको वारेमा ईलाका प्रहरी कार्यालय,रुद्रपुरका इन्चार्ज इन्द्रलाल चौधरीले काठ तस्करी भएको सम्बन्धमा अनुसंन्धान गर्न स्थानियहरुको महत्वपुर्ण भुमिका र सहयोग आवश्यक रहेको बताउनु भयो ।

विगत लामो समय देखि रुपन्देहीको कञ्चन र कपिलबस्तुका बिभिन्न सामुदायिक बन,साझेदारी बन र राष्ट्रिय बनहरुबाट काठ तस्करहरुले अबैध रुपमा सालका काठहरु ओसार पसार गर्दै आइरहेको र पटक पटक स्थानिय प्रहरी प्रशासनलाई यसबारे निगरानी गर्न र चोरी तस्करी नियन्त्रणका लागि अनुरोध गर्दै आएको भएपनि प्रहरी प्रशासनले काठ तस्करहरुलाई पक्राउ गर्न नसकेको स्थानियले गुनासो गरेका छन ।