सिरहाको नबराजपुर गाउँपलिका १ मा राहत वितरण

0
Shares

सुभेन्द्र दास, सिरहा ।

कोरोना संक्रमण बढ्न नदिन गरिएको लकडाउनका कारण दैनिक जीवन कष्टर बन्दै गएका विपन्न परिवारलाई सिरहाको नबराजपुर गाउँपालिकाले वडा १ मा राहत वितरण गर्ने अभियानको सुरुवात गरेको छ ।

राहत वितरणको पहिलो दिन वडा १ का १०० सय भन्दा बढि घरपरिवारलाई राहत वितरण भएको वडा अध्यक्ष रामअपतार यादव ले बताए । ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ लिटर खानेतेल, २ किलो चिनी र ४ पीस हात धुने साबुनको प्याकेज बनाएर प्रत्येक परिवारलाई वितरण गरिरएको उनले जनाए ।

राहतको रुपमा खाद्यान्न सामग्रीसँगै आउने दिनमा अवस्थालाई मध्यनगर गरेर गाउँ कार्यपालिकाको निर्णयबाट किसान तथा विपन्न वर्गलाई सुविधा प्रदान गरिने उनले जानकारी गराएका छन् ।