हेलिकप्टरमार्फत सुत्केरीको उद्दार

0
Shares

न्युज अफ नेपाल, रसुवा ।

गोसाइकुन्ड गाउँपालिका ५ ठुलो स्याफ्रुकी एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय रसुवा र गोसाइकुन्ड गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत ३३ वर्षीया छिरिङ लामाको उद्दार गरिएको हो ।

शुक्रबार रातिदेखि व्यथा लागेर छ्ट्पटाइरहेकी लामाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शनिबार बिहान सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं लगिएको छ ।