दक्षिण चीन सागरबाट अमेरिकी सैन्य बेडा लखेटिए

0
Shares

बेइजिंग (एजेन्सी) । 

विश्व कोरोना भाइरस महामारीको महासंकटमा छटपटिरहेको अवस्थामा पनि चीन र अमेरिकाबीच सैन्य तनाव लगातार बढिरहेको छ । यो ब्यवहार समस्या समाधानका लागि भन्दा पनि राजनितिबाट प्ररित देखिन्छ ।

चीनले दावी गरेको दक्षिण चीन सागरमा अमेरिकी एक सैनिक जहाजलाई भगाएको चिनियाँ नौसेनाले दावी गरेको छ । तर अमेरिकाले चीनको यो दावीको खन्डन गरेको छ । यसबीच अमेरिकाले पनि आफना बमवर्षक विमानहरु पनि दक्षिण चीन सागरको गस्तीमा पठाएको छ ।

चीनको पिपुल्स लिबरेसन आर्मीको सदर्न थिएटर कमानका प्रवक्ता वरिष्ठ कर्नेल ली हुआमिनले अमेरिकाको गाइडेड क्षेप्यास्त्र विध्वंसक युएसएस बेरीलाई धपाउन चीनले हवाई र समुद्री बलको मोर्चा लगाएको र त्यसलाई आफनो सीमाबाट बाहिर धपाएको जानकारी दिए । उक्त अमेरिकी सैन्य बेडा दक्षिण चीन सागरमा चीनको समुद्री क्षेत्रमा विचरण गरिरहेको उनले दावी गरे । तर अमेरिकी नौसेनाले उनको उक्त दावीको खन्डन गरेको छ ।

अमेरिकाको यो उत्तेजना फैलाउने ब्यवहारले अन्तराष्ट्रिय कानुनको धज्जी उडाएको र चीनको सम्प्रभुता र सुरक्षा हितको गम्भिर उलंघन गरेको हुआमिनले बताए । यसले चीनको सुरक्षामा खतरा बढेको छ जसले अप्रत्यासित परिणाम हुन सक्ने र यसले कोरोना विरुद्धको विश्वब्यापी लडाई पनि कमजोर हुनेछ ।

अमेरिकी नौसेनाले उक्त दावीको खन्डन गरेको छ । नौसेनाका अनुसार टकरावको कुनै स्थिति नभएको र चीनको कुनै पनि जहाजले कुनै प्रकारको अवांछित गतिविधि देखाएको जस्तो कुनै सुचना प्राप्त भएको छैन ।

चीनले दक्षिण चीन सागर र त्यसको वरपरका समुद्री इलाकामाथि आफनो सम्प्रभुता दावी गर्दै आइरहेको छ । चीनले यस इलाकामा लगातार आफनो सैन्य स्थिति बलियो बनाइरहेको छ । चीनले फिलिपिन्सको मुगाले बनेका द्विपहरुमा कंक्रिट संरचना निर्माण गरिरहेको छ । त्यसलाई रिसर्च सेन्टरमा परिणत गर्ने भनेपनि वास्तवमा चीन त्यहाँ हतियारका लागि प्रक्षेपण प्लेटफर्म बनाइरहेको र त्यहाँ लडाकु विमान र क्षेप्यास्त्र तैनाथ गर्ने तयारी गरिरहेको अमेरिकाले आरोप लगाएको छ ।