न्युज अफ नेपाल, काठमाडौं ।
तीन महिना अघि अन्नपुर्ण क्षेत्रको हिमपहिरोमा परेर हराएका सातै जनाको शव भेटिएको छ ।
हिमपहिरोमा पुरिएका चार कोरियालीसहित अन्य सबैको शव भेटिएको नेपाली सेनाले जनाएको छ । गत माघ ३ गते अन्नपूर्ण आधार शिविरमा जाने क्रममा हिमपहिरोमा परी चार कोरियाली पर्यटकसँगै तीनजना नेपाली पथप्रदर्शक र भरिया बेपत्ता भएका थिए ।
शुक्रबार गरिएको खाजीमा एक कोरियाली पर्यटक र एक नेपालीको शव फेला परेको हो । अन्यको शव भने यसअघि नै फेला परिसकेको थियो ।











प्रतिक्रिया