मजदुरको पीडा बाँड्दै भुजेल र श्रेष्ठ

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

मे १ अथार्त अन्र्तराष्ट्रिय श्रमिक दिवस । मजदुरहरु प्रति उच्च सम्मान गर्ने दिन । विश्वभर फैलिएको महामारीबाट पीडित मजदुरहरुको चुल्हो चिसिन थालेको छ । अझै अपाङ्ग, अशक्त ब्यक्तिहरुलाई मुलुकको लकडाउन कष्टकर बन्दै गईरहेको छ ।

बनेपामा एक मजदुर परिवारको कारुणीकताले जो कोहिको मन कटक्क बनाउँछ । कामको सिलसिलामा श्रीमानको खुट्टामा घाउ भयो । ६ महिना अघिको त्यो घटना सम्झँदा उनको परिवारका सदस्यहरुको आँखा रसाउँछ । बैशाख महिनामा पानीको सिमसिम छ । उनको परिवारमा पीडाको वर्षात छ । घाउको कारण अपाङ्ग बन्नु पर्‍यो । उपचारमा लाखौ खर्च भयो । तर पनि पहिलाकै अवथामा फर्कन सकेन ।

तीन जनाको परिवार अभिभावको त्यस्तो अवस्था भए पछि झनै संकटमा पर्‍यो । श्रीमतीले ज्यामी काम गरि श्रीमानको उपचार गराउदै परिवार पाल्न कठिन भएको अवस्थामा लकडाउनले काम समेत बन्द हुँदा परिवारमा चुल्हो बल्न सकेन । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोष उनका लागि सहयोगि बन्न सकेन । उनि असंगठित मजदुर हुन् । उक्त कोषमा उनको पहुँच छैन । दयनिय अवस्था भएको उक्त परिवारलाई बनेपामा विभिन्न पेशामा आवद्ध युवा ब्यवसायी सुमन भुजेल र प्रकाश श्रेष्ठले केहि दिनका लागि सहयोग गर्नु भयो ।

इलाम घर भइ हाल बनेपा पुलबजारमा दाजु भाउजू सँग बसेर ज्याला मजदुरी गर्दै आएको दाजु बहिनीलाइ लकडाउनमा लामो समय काम नभए पछि दाईभाउजुले डेराबाट निकाले । उजुरी गरौ आफ्नै बेईज्जत नगरौ यस्तो अवस्थामा कहाँ जाने ? के गर्ने ? दाजु भाउजुको डेरा छाडेर उनिहरु बनेपा नयाँ बस्ती वडा नम्वर ९ मा बस्न थाले । उनिहरु संग न खाने अन्न छ न यो अबस्थामा कुनै काम नै । यस्तो संकटमा रहेका थुप्रै मजदुरहरु छन् । तर पनि मे १ दिवसले छुन सकेन । तीन तहकै सरकारले यस्ता मजदुरहरुको पहिचान गर्न सकेनन् । जसका कारण राज्यले गरिरहेको सहयोग सदुपयोग हुन सकेन । बास्तविक ब्यक्ति राहत पाउनबाट बञ्चित बन्यो । पहुँच हुनेहरुले मजदुरकै नाममा राहत प्राप्त गरे । उनै युवा ब्यवसायी भुजेल र श्रेष्ठले उक्त परिवारका लागि केहि दिन पुग्ने खाद्यान्न उपलब्ध गराएको छ । भुजेलले यस्तो संकटमा परेका ब्यक्तिहरुका लागि सम्पर्कका आधारमा घरमै राहत पुर्‍यई दिने गरेको बताउनु भयो ।

पनौतीमा रहेको दलित उत्पिडित कल्याण संघद्वारा संचालित ह्यापी चिल्ड्रेन होममा रहेका बालबालिकाहरुका लागि युवा ब्यवसायी भुजेल र श्रेष्ठले खाद्यान्न उपलब्ध गराएका छन् । चिल्ड्रेन होममा १३ जना दलित समुदायका बालबालिकाहरु छन् । उनिहरुलाई यस्तै सहयोगबाट शिक्षा दिक्षा उपलब्ध हुँदै आएको छ । विमा क्षेत्रको एजेन्सीहरुको विश्वब्यापी महासंघ (एमडीआरटी) का नेपाल सदस्य एवं युनियन लाईफ इन्स्योरेन्सका युवा ब्यवसायी सुमन भुजेल र बनेपामा रहेको भिआईपी रेस्टुरेन्टका प्रोपाईटर प्रकाश श्रेष्ठले ह्यापी चिल्ड्रेन होममा रहेका बालबालिकाहरुका साथै बनेपा र आसपासका क्षेत्रमा रही खाद्यान्न संकट भएका ब्यक्तिहरुका लागि राहत उपलब्ध गराउँदा आनन्द महसुस भएको प्रतिक्रिया दिनु भयो ।

यस अघि भुजेल र श्रेष्ठले स्थानीय सरकार, जिल्ला विपद ब्यवस्थापन समिति लगायतलाई पिपई लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको थियो भने विभिन्न स्थानमा खाद्यान्न उपलब्ध गराउनु भएको थियो ।