कोरोना महामारीबाट सर्तक रहन समयमा नै जानकारी गराएका थियौ : डब्ल्यूएचओ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वलाई कोरोना सङ्क्रमणबाट सतर्क हुन पर्याप्त समय दिएको संगठनमा प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेससले बताएका छन् ।

‘ग्लोबल हेल्थ इमर्जेन्सी’ घोषणा गर्न डब्ल्यूएचओले ढिलाइ गरेको आरोपको खण्डन गर्दै टेड्रोसले ३० जनवरीमा नै सबै मुलुकलाई सतर्क रहन अपिल गरिएको स्पष्ट पारेका छन् । उक्त समयसम्म चीनबाहिर ८२ जना व्यक्तिमा मात्र कोभिड–१९ पुष्टि भएको थियो भने कसैको पनि मृत्यु भएको थिएन ।

अनलाइन मिडिया ब्रिफिङमा टेड्रसले डब्लूएचओले ३० जनवरीमा गरेको घोषणा उपयुक्त समयमा भएको बताए । ‘त्यतिबेला चीनभन्दा बाहिर कोरोना भाइरस संक्रमणका ८२ वटा मात्र केस थिए,’ उनले भने, ‘र, तीमध्ये एकजनाको पनि मृत्यु भएको थिएन ’ उनले भने ।

सोही क्रममा डब्ल्यूएचओ इमर्जेन्सी विभागका प्रमुख माइक रायनले सोमालिया, हैटी, सुडान, दक्षिण सुडान, यमन, सिरिया, अफगानिस्तान, सियरा लियोन, उत्तरी नाइजेरियाजस्ता मुलुकमा कोभिड(१९ को महामारी चिन्ताजनक रूपमा बढ्दै गएको बताए ।