बलात्कार आरोपमा श्रीमान र जेठाजु पक्राउ, कुरा मिलाइदिने भन्दै ५० हजार घुस लिएका अध्यक्ष प्रहरी नियन्त्रणमा

0
Shares

न्युज अफ नेपाल, कैलाली ।

कैलालीकी एक महिलालाई आफ्नै श्रीमान् र जेठाजुले बलात्कार प्रयास गरेका छन् । गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा श्रीमान र जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

ती युवतीको एक वर्ष पहिले मागी विवाह भएको थियो । दुई दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको उजुरी परपछि उनीहरु पक्राउ परेका हुन् । युवतीका माइती पक्षले जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएका छन् ।

यस्तै, सो मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष समेत पक्राउ परेका छन् । मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोलीले पक्राउ गरेको हो ।

बलात्कार आरोपीसँग घुस लिदै गर्दा धामीलाई पक्राउ गरिएको टोलीले जनाएको छ ।