चीनमाथि प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको चेतावनी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।

पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने ‘कोरोना भाइरस संक्रमण रोक्न चीन असफल भएको कुरा मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ । अमेरिकी राष्ट्रपतिका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जादै गर्दा उनले सो कुरा बताएका हुन् । ट्रम्प अबको एक साता फार्म हाउसमा रहने जनाइएको छ ।

ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको आरोप लगाउदै आएका छन् । चीनमाथि कडाई नगरेको आरोप लगाउदै ट्रम्पले अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनलाई गरिदै आएको आर्थिक सहयोग समेत कटौती गरेका छन् ।