‘बन्दाबन्दीसँगै सर्वसाधारणलाई उत्पादन र आय आर्जनमा जोड्ने छौँ’ : अध्यक्ष कुँवर

0
Shares

टंकराज अधिकारी, कास्की ।

कोभिड १९ को संक्रमण रोकथाम र नियंत्रणका लागि अन्नपूर्ण गाउँपालिका कास्कीलाई एनआइसी एशिया बैकनागडाड़ा शाखाले १० थान थर्मगन सहयोग हस्तान्तरण गरेको छ । बिहिवार गाऊँपालिका कार्यालयमा बैकका शाखा प्रमुख प्रेमराज पौडेलले गाउँपालिका अध्यक्ष युवराज कुँवरलाई रु ३४,००० बराबरको ज्वरो नाप्ने यन्त्र थर्म गन सहयोग गरेको हो।

कोरोना नियन्त्रणको लागि गाऊँपालिकाले चालेका कदमहरुमा थप सहयोग जुट्दै गरेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले हालसम्म बिपत ब्यावस्थापनको लागि कुनै संघसंस्थासंग आव्हान गरेको छैन तापनि विभिन्न संघसंस्थाले स्वतःस्फूर्त रूपमा सहयोग प्रदान गरेका छन । पोखरा महानगरपालिकाले चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)  १० वटा र पोखरास्थित रोटरी क्लबबाट सातवटा पिपिई सहयोग उपलब्ध गराएको छ भने नौलो घुमतीबाट ७ वटा र ज़िल्लाप्रशासन कार्यलय कास्कीबाट ४ वटा टेण्ट सहयोग प्राप्त भएको छ ।

जारी बन्दाबन्दीका कारण गाउँपालिका भित्र तत्कालै राहत वितरण गर्नुपर्ने अवस्था नदेखिए पनि त्यसको तयारीस्वरुप भण्डारण भनेगरिसकिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिकाले स्थानीय कृषकसंग पाँच सय मुरी कोदो खरिद गरीभण्डारण गरेको छ । त्यस्तै ३० किलोग्राम परिमाणको पाँच सय बोरा चामल, २२ सय किलो नुन, पाँच सय ५० लिटर तेल, एक हजार१०० किलो दाल खरिद गरी भण्डारण गरेको छ । “गाउँपालिका भित्र अहिलेसम्म खाना खान नपाएर भोकै हुनुपरेका जस्तो जटिलसमस्या आएको छैन,” उहाँले भन्नुभयो राहत लिने कोई भए अनिवार्य सामाजिक काममा लगाउने गाउँपालिकाको लक्ष्य भएको बताउँदैउहाँले गाउँका प्राचीन कुवा तथा पँधेरो, चौतारा, बाटोघाटो लगायतको निर्माण एवम् मर्मत काममा लगाइने बताउनुभयो ।

बन्दाबन्दी सुरु भए यता गाउँपालिका जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गर्दै तत्काल विदेशबाट आएकाको पहिचान गरी अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने व्यवस्था मिलाएको थियो । गाउँपालिकाले कोरोना भाइरस संक्रमणको अवस्थालाई दृष्टिगत गरीविदेशबाट आएकालाई साविकका गाविसमा रहेका ७ वटा विद्यालय र एउटा होटल भाडामा लिएर क्वारेन्टाइनको व्यवस्थापन गरेको छ।

उहाँका अनुसार भाइरसको जोखिम कम गर्न गाउँपालिका प्रवेश गर्नासाथ क्वारेन्टाइनमा राख्ने र त्यसको निगरानीका लागि यहाँकानौवटा स्वास्थ्य ईकाइका २६ जना स्वास्थ्यकर्मी र जनप्रतिनिधि टोली खटाइएको छ ।

स्वास्थ्यकर्मीको सुरक्षालाई दृष्टिगत गरी सबै स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पीपीई वितरण गरिसकिएको छ । यसअवधिमा गाउँपालिकाले एक लाख १३ हजार ८१२ रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरिसकेको छ । गाउँपालिकाले १९वटा पीपीई खरिद गरेको छ भने पोखरा महानगरपालिकाबाट १० वटा र पोखरास्थित रोटरी क्लबबाट सातवटा पिपिई सहयोग प्राप्तगरेको छ ।

गाउँपालिकाले स्वास्थ्य सुरक्षा सामाग्री सहित आवश्यक औषधि लगायतको सम्पूर्ण व्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख ऋषिरामपौडेलले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीलाई गाउँपालिकाले ५० प्रतिशत थप गरेर सुविधा दिने निर्णय गरेको छ भने अन्य सुरक्षाकासामाग्री वितरण गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले तत्कालै स्वास्थ्योपचारको व्यवस्था, एम्बुलेन्सको २४ सैं घण्टा सेवा, आवश्यक अन्न भण्डारण, निःशुल्कतरकारीका बिउबिजन वितरण लगायतका काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो ।

बन्दाबन्दीका कारण दीर्घरोगीले नियमित खानुपर्ने औषधिमा समस्या नपरोस् भन्दै जनप्रतिनिधिलाई खटाएर शहरबाट किनेर जनताकोघरघरमा पुर्‍याउने काम गरिएको छ ।

पर्यावरण संरक्षणसँगै सर्वसाधारणको आयआर्जन गर्ने लक्ष्यका साथ गाउँपालिकाले आफ्नै नर्सरी तयार गरी विभिन्न फलफूलका विरुवातयार गरिरहेको छ ।

“हामी सामाजिक दूरी कायम गरी नर्सरीमा पनि काम गराइरहेका छौं,” अध्यक्ष कुँवरले भन्नुभयो, ‘बन्दाबन्दीसँगै सर्वसाधारणलाई उत्पादनमा लगाउने र उनीहरूलाई आय आर्जनमा जोड्ने लक्ष्य छ ।’