कोरोना अपडेट : विश्वभर दुई लाख ३९ हजार ५८३ को मृत्यु, ३४ लाख ५९५ संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण विश्वभर दुई लाख ३९ हजार ५८३ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ३४ लाख ५९५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १० लाख ८१ हजार ५२६ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ६५ हजार ७ सय ६६ जनाको मृत्यु भएको छ भने ११ लाख ३१ हजार २८० जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो इटली जहाँ २८ हजार २३६ जनाको मृत्यु भइसकेको छ भने २ लाख ७ हजार ४२८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यस्तै, स्पेनमा २४ हजार ८२४, फ्रान्समा २४ हजार ५९४, बेलायतमा २७ हजार ५१०, इरानमा ६ हजार ९१, बेल्जीयममा ७ हजार ७०३, जर्मनीमा ६ हजार ७३६, नेदरल्याण्डमा ४ अजार ८९३, टर्कीमा ३ हजार २५८, स्वीजरल्याण्डमा १ हजार ७५४, ब्राजिलमा ६ हजार ४१० जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।