न्युज अफ नेपाल, ताप्लेजुङ ।
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको भीषण आगलागीमा सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।
गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको हो। आगलागी भट्टराई होटल एण्ड लजबाट सुरु भएको थियो । आगो नियन्त्रणमा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागि परेका थिए ।
आगलागीबाट ठूलै धनमालको क्षती भएको जनाइएको छ । सो आगलागीमा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया