पाँच सय ६९ शैयाको क्वारेन्टाइन सञ्चालनमा

0
Shares

खलंगा ।

जुम्लामा ५६९ शैयाको क्वारेन्टाइन र दुई सय शैयाको आसोलेशन सञ्चालनमा आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को शङ्कास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन र आसोलेशन सञ्चालनमा ल्याइएको हो । कर्णाली स्वास्थ्य विज्ञानमा प्रतिष्ठानमा २०० शय्याको आसोलेशन सञ्चालनमा आएको छ ।

यहाँको एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा कनकासुन्दरी गाउँपालिकाले ६० शैया क्वारेन्टाइन, तातोपानी गाउँपालिकामा ९०, तिला गाउँपालिकामा ५४, हिमा गाउँपालिकामा ३०, सिंजा गाउँपालिका ४०, गुठीचौर गाउँपालिकामा २०, पातारासी गाउँपालिकामा ४५ र चन्दननाथ नगरपालिकामा ३० शैयाको गरी ५६९ शैय्याको क्वारेन्टाइन तयार गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयोे ।

देश लकडाउन भएपछि देशका विभिन्न ठाँउमा अलपत्र परेका यहाँका नागरिक लाई प्रदेश सरकार, विभिन्न सामाजिक संघसस्था र सम्बन्धित स्थानीय तहले उद्धार गरेर जिल्ला भित्रिएपछि क्वारेन्टाइनको क्षमता जिल्लाका स्थानीय तहहरुले बढाएका हुन् । जिल्लाभर २६४ शैय्याको मात्र यो भन्दा पहिलो क्वारेन्टाइन रहेको थियो ।

एक सय ९५ जना क्वारेन्टाइनमा

स्थानीय प्रशासन र स्थानीय सरकारलाई औपचारिक रुपमा जानकारी नगराई काठमाडौँ, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगडीबाट जिल्लामा भित्रिएका १९५ जनालाई यहाँका सात गाउँपालिकाले क्वारेन्टाइनमा राखेका छन् । यहाँको तिला गाउँपालिकाले ५२, जनालाई क्वारेन्टानमा, हिमा गाउँपालिकाले २२, सिंजा गाउँपालिका ११, कनकासुन्दरी गाउँपालिका ४९, तातोपानी गाउँपालिका, ३७ पातारासी गाउँपालिका, २१ जना र गुठीचौर गाउँपालिकाकाले तीन जनालाई क्वारेन्टाइनमा राखेको स्वास्थ्य शाखाका प्रमुख बालराम नेपालीले बताउनुभयो ।

देशका विभिन्न ठाउँबाट जिल्ला प्रवेश गरेका सबैको थर्मल गनको माध्यमबाट ज्वरो नापेर क्वारेन्टाइन राखेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार बाहिराबाट आएको यकिन सङ्ख्या पत्ता लगाई क्वारेन्टाइनमा बसेका र होम क्वारेन्टाइनम बसेका व्यक्तिलाई १४ दिनको अवधि पूरा भएपछि रेपिड आरडिटी टेष्ट गरिनेछ ।