अफ्रिकामा भेटिए कोरोना फैलाउने चार प्रजातिका चमेरा

0
Shares

पेरिस (एजेन्सी) ।

कोरोना भाइरस फैलाउन जिम्मेवार मानिएको चेमेराको ४ प्रजाति अफ्रिकामा फेला परेका छन् । चमेरामा कोरोना भाइरस हुन्छ र उनीहरुलाई यसबाट कुनै नोक्सान हुँदैन तर बाहिर भने फैलिन सक्छ ।

अनुसन्धानकर्ताहरु अनुसार चमेराका कयौं प्रजाति र उनीहरुमा पाइएका भाइरसको मद्दतले भविषयमा कुनै विपत्तीबाट बच्न सहयोग मिल्नेछ । कोविड १९ को मामिलामा कोरोना भाइरस वुहानमा हर्ससु चमेराका निस्केको र सालक वा कुकुर जस्ता कुनै जनावरमा सरेको अनुमान गरिएको छ । त्यसपछि मानवमा फैलिएको हो । यद्यपी यस विषयमा कुनै पुष्टि भएको छैन र कोरोना भाइरस चमेरोबाटै मान्छेमा फैलिएको हो ।

अफ्रिकाबाट प्राप्त हर्ससु चमेराको यो उप प्रजातीलाई लिफ नोज्ड चमेरा नाम दिइएको छ र आणुवंशिक विश्लेषणका माध्यमबाट यसको पहिचान गरिएको हो । यी सबै एक संग्रहालयमा थिए तर यसलाई अफ्रिकाबाट ल्याइएको थियो । यो एसिया र अष्ट्रेलियामा पनि पाइन्छ । यसको अनुहारको छाला झुलिएको हुन्छ र यसबाट यिनीहरु किरा समात्ने गर्छ । यसको मद्दतले यिनीहरु आवाज पहिचान र्ग राडारका रुपमा प्रयोग गर्छ ।

सिकागोका फिल्ड म्युजियमका डाक्टर ब्रुस पेटरसनले हर्ससु चमेमार करिब २५, ३० प्रजाति भएको बताए । तर कोविड १९ कुन प्रजातिको भाइरसबाट निस्केको हो थाहा हुन सकेको छैन । त्यसैले यिनीहरुको बारेमा र यो सँग सम्बन्धित अन्य प्रजातिका बारेमा जान्नु आवश्यक छ । यद्यपी वैज्ञानिकहरु यो नयाँ प्रजाति मानव विरामी हुनुमा जिम्मेवार नभएकोमा विश्वस्त छन् । यो पहिल्यै खोजी गरिएका प्रजातिहरुसँग धेरै मिल्दो जुल्दो छ, त्यसैले यिनिहरुको पहिल्यै खोजी नगरिएको हो । यिनीहरुको समानताका कारण यसको पहिचान हुनु अहिलेको समयमा धेरै सहयोगी हुन सक्न बताइएको छ ।

वैज्ञानिकहरुका अनुसार यिनीहरुमा कोरोना भाइरसको स्ट्रेन हुदैन, जसबाट कोविड १९ फैलिएको होस् । यी चमेरालाई डर वा आशंकाबाट हेर्न नहुने पनि उनीहरु बताउँछन् । हरेक जीवमा भाइरस हुन्छ । बगैचामा फुल्ने गुलाफमा पनि हुन्छ । यो प्रकृतिको हिस्सा हो र धरै जसो नोक्सानदायी पनि हुँदैन । चमेरामा धेरै भाइरस हुन्छ तर तिब्र मेटाबोलिज्म र डिएनका कारण उनीहरुमा इन्फेक्सन हुँदैन । जब सम्म उनीहरुलाई खतरा हुँदैन वा मार्ने प्रयास नभएसम्म चमेराले कुनै नोक्सान पुर्याउँदैन ।