आठ महिनादेखि डाक्टर तलब विहीन, अस्पतालमा तालाबन्दी

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका तीनमा रहेको गल्याङ नगर अस्पतालका कर्मचारीले आठ महिना देखी तलब सुबिधा नपाएपछि अस्पतालमा ताला बन्दी गरेका छन् ।

पटकपटक नगरपालिकासंग अनुरोध गर्दा समेत सुनुवाइ नभएपछि अस्पतालमा ताला लगाउन परेको अस्पतालका डाक्टर निरन्जन्न चौधरीले जानकारी दिनुभयो । हाम्रो पटकपटकको अनुरोधलाई नगरपालिकाले बेवास्ता गरेपछि हामीले सोमबार ताला गराएका थियौ तर नगरपालिकाले बुधबारसम्म तलबबारे टुंगो लगाउने मौखिक सहमति गरेपछि पुनः काम सुरु गरेका थियौ तर बुधबारसम्म पनि तलब सुबिधा बारे कुनै टुंगो नलगाए पछि बुधबार साझ देखि हामी बन्द गर्न बाध्य भयौं उहाँले भन्नुभयो । बिस्वाभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरलले देश लकडाउनको अवस्थामा छ सबैको ध्यान स्वास्थ क्षेत्र तिर छ तर तिनै स्वास्थ क्षेत्रमा खटिएका हामीलाई स्थानीय सरकारले बेवास्ता गरेपछि ताला लगाउन बाध्य भयौं उहाँको भनाइ थियो । हामीलाई नगरपालिकाले नियुक्ति समेत नदिएको हुँदा यदि कोरोना कारण अस्पतालका कुनै कर्मचारीको मृत्यु हुन गयो भने सरकारले गरिएको बिमा बाट समेत बन्चित हुन्छौं । चौधरीले नेपाल समाचारपत्रसंगको कुराकानी भन्नुभयो । ज्यानको बाजी राखेर उपचार खटिएपनि स्थानीय सरकारले हाम्रो खटाइएको बेवास्ता गर्याे ।

स्याङ्जा जिल्लाको तेस्रो ब्यापारीक केन्द्र गल्याङ बजारमा र आसपासका क्षेत्रमा अस्पतालको अभाव भएपछि २०६३ सालमा स्थापना भएको गल्याङ सामुदायिक स्वास्थ केन्द्रले २०६७ माघ २२ गतेबाट १५ सैयको अस्पताल संचालनमा ल्याएको थियो । तत्कालीन अवस्था विभिन्न सहयोगी दाता हरुको सहयोग बाट संचालन हुँदै आएको अस्पताल भारत सरकारले चार करोड ७५ लाख सहयोग पाएपछि पन्ध्र रोपनी जग्गामा किनेर पचास सैयको अस्पताल निर्माण गरि संचालनमा आएको थियो । यस क्षेत्रमा कुनै ठुलो अस्पताल नभएपछि यस क्षेत्रका जनताको स्वास्थ सुबिधाको लागि अस्पताल संचालनमा ल्याएको गल्याङ सामुदायिक स्वास्थ केन्द्रका अध्यक्ष लाल गोपाल अर्यालको भनाइ छ । स्थानीय सरकार भएपछि सरकारको मातहतका अस्पताल संचालन होला भन्ने आशाले हामीले यत्रो दुख मेहनतका साथ स्थापना गरेको अस्पताल नगरपालिकाको जिम्मा लगाएका हौं ।

उहाँले भन्नुभयो यदि स्थानीय निकायले कर्मचारीलाई तलब सुबिधा समेत दिन सक्दैन भने हामीले पुन हाम्रै मातहतमा ल्याएर चलाउन बाध्य हुने छौ उहाँले नगरपालिका प्रती कटाक्क्ष्री गर्दै भन्नुभयो ।

पहिले देखी काम गर्दै आएका कर्मचारीहरु लाई कुनै दबाब सिर्जना गरि निस्कासन गर्न नपाइने र सरकारी निर्णय अनुसार तलब सुबिधा दिने लगायतका विभिन्न सहमति स्वास्थ केन्द्र र नगरपालिका बीच भएपछि नगरपालिकाको मातहतमा अस्पताल संचालन हुँदै आएको थियो । अस्पताल भाद्र १ देखि नगरपालिकाको मातहतमा संचालन हुँदै आएको र त्यहीँ महिना देखी अस्पतालका सम्पुर्ण कर्मचारीको तलब सुबिधा समेत रोकिएको हुँदा बाध्य भएर अस्पतालमा ताला लगाउन परेको एक कर्मचारीले बताएर उनले भने अस्पतालमा २१ जना कर्मचारी छौ त्यस मध्य कुनै १६ जना पुराना कर्मचारी तलब बिहिन छौ । पछि नगरपालिकाको मातहतमा आएका छ जना कर्मचारी भने पुर्ण तलब सुबिधामा हुनुहुन्छ ।

नगरपालिकाले अस्पतालको लागि कर्मचारी आवेदन खुलाएको र त्यसको लागि काम गरिरहे कर्मचारी स्वात थाइ हुने भन्दै बाहिरबाट अन्य कर्मचारी भर्ना गरेको र पुराना कर्मचारीहरुलाई हालसम्म पनि नियुक्ति तलब सुबिधा समेत तय नगरेर पुराना कर्मचारीलाई निष्कासन गर्ने रणनीतिमा नगरपालिका रहेको एक कर्मचारीले बताए । संगै काम गर्ने कुनै तलब नियुक्ति सबै छ हामी भने आठ महिना देखी नियुक्ति बिहिन छौं । यो भन्दा अन्याय के हुन सक्छ । अस्पताल लिने बेलामा यी सम्पुर्ण कर्मचारीलाई स्थाइ गर्छौ भन्ने अहिले आएर नगरपालिकाले राजनीति आधारमा बाहिर बाट कर्मचारी भर्ना गरेर हामीलाई बेवास्ता गर्ने उहाँको आक्रोश थियो ।

अहिलेसम्म यस बारेमा आफुलाई आधिकारिक केही जानकारी नभएरको र अहिलेसम्म कर्मचारीहरुले पुरानै तलब लिदै आएको गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीको भनाइ छ । अस्पतालका प्रबन्धक वेदप्रसाद भट्टराईले भने कर्मचारीले तयार पारेको ज्ञपन पत्र हिजोनै नगरपालिका स्वास्थ प्रमुखलाई बुझाएको बताउनुभयो ।