कुहिएको राहत वितरण गर्ने मेयर धरौटीमा रिहा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विपन्न परिवारलाई कुहिएको राहत वितरण गर्ने कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् ।

मेयर यादव र दाल व्यापारी तेजकरण जैनले जनही २ लाख ८१ हजार रुपैयाँ धरौटी तिरेर छुटेका हुन् । यादवसहित १२ जना बुधबार राती रिहा भएका छन् ।

यस्तै, वडा नम्बर १– वडाध्यक्ष हरिओम सोनार, ७–का सर्फुल्लाह अन्सारी, ११– का सर्वनारायण चौधरी, १३–का राजनप्रसाद कुर्मी, २६–का महेश साह, २७–का हक, २०–वडाका वडासचिव खेदु मियाँ अन्सारी, मेयरका भाइ रवीन्द्र, कोल्डस्टोरका कर्मचारी कृष्ण यादव र बच्चुले जनही ६० हजार धरौटी तिरेका छन् ।