२४ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल प्रहरीका २४ प्रहरी नायब उपरिक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसमा तुलबहादुर कार्की, राजिब बहादुर बस्नेत, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिँह, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोष कुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुँयाल, दीपेन्द्र शाही, राम प्रकाश शाह, प्रेम बहादुर बस्नेत, प्रबिण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्र प्रसाद धमला पनि सिफारिसमा परेका छन् ।