महोत्सवका लागि कविता आह्वान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आह्वान गरेको छ । असार ९ गते प्रज्ञा–प्रतिष्ठानको ६३औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने राष्ट्रिय कविता महोत्सवका लागि सूचना जारी गरी प्रज्ञा–प्रतिष्ठानले कविहरूबाट कविता आह्वान गरेको हो ।

प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार इच्छुक कविहरूले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता जेठ २५ गतेभित्र बुझाउन सक्नेछन् ।

सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्ने र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न नपाइने बताउनुभयो । उहाँले कविताका साथमा कविले आफ्नो फोटो, पूरा ठेगाना, फोन वा मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जानकारी दिनुभयो ।

कविता महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद २५ हजार र तृतीय हुने तीन जनालाई जनही कांस्यपदकसहित नगद २० हजार रुपियाँका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिने प्राडा. हेमनाथ पौडेलले बताउनुभयो ।