उदयपुरले तीन थपेर ४५ पुर्‍यायो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केका तीन जना स्थानीय बासिन्दामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पत्रकारलाई जानकारी गराएअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

संक्रमित हुनेमा २४, ६० र ७२ वर्षका पुरुषहरू भएको डा. देवकोटाले जानकारी गराउनुभयो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल ४५ पुगेको छ भने उदयपुरले एक्लै २७ बनाएको छ ।