बेल परिवारद्वारा सहयोग

0
Shares

लन्डन, (एजेन्सी)

वेल्स र स्पेनिस ला लिगा क्लब रियल मेड्रिड टिमका स्टार फुटबलर गेरेथ बेल र उनका पत्नी इम्मा बेलले कोरोना संक्रमितलाई सहयोग गरेका छन्।

बेल परिवारले कोरोना संक्रमितहरुको उपचारका लागि पाँच लाख स्टर्लिङ पाउन्ड सहयोग गरेको बताइएको छ। बेलले उक्त रकम कार्डिफ एण्ड भेल हेल्थको एनएचएस च्यारिटीमार्फत् आफू जन्मेको युनिभर्सिटी अफ वेल्स अस्पतालका लागि प्रदान गरेका हुन्।

उनले आफू जन्मेको अस्पतालले आफ्नो मनमा विशेष स्थान बनाएको बताए। उनले कोरोनाविरुद्धको अभियानमा दिनरात खटिएका अस्पतालका स्वास्थ्यकर्मीलाई समेत विशेष धन्यवाद दिएका छन्।