वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोराना भाइरस महामारीका कारण अस्थायी समयका लागि कुनै पनि आप्रवासीलाई अमेरिका प्रवेश नगराउने कार्यकारिणी आदेशपत्रमा हस्ताक्षर गर्ने भएका छन् ।
टिवटरमा उनले भाइरसलाई ‘अदृश्य शत्रुको आक्रमण’ को संज्ञा दिँदै अमेरिकी जनताको रोजगार जोगाउनुपर्ने बताएका छन् ।
सो आदेशपत्र जारी भएपछि के–कस्ता कार्यक्रमहरु प्रभावित हुने र राष्ट्रपतिले त्यसलाई कार्यान्वयन गर्ने सक्ने हुन् कि होइनन् भन्ने स्पष्ट भएको छैन । तर समीक्षकहरुले कोरोना महामारीमार्फत सरकारले आप्रवासीहरुलाई दमन गर्न खोजिरहेको आरोप लगाएका छन् ।
ह्वाइट हाउसले महामारीको अत्यन्तै खराब अवस्था सकिएको र मुलुकलाई पुनः खोल्न सक्ने बहस चलाइरहेका बेला ट्रम्पले सोमबार राति अबेर यो घोषणा गरेका हुन् ।
कोभिड–१९ को महामारी रोक्न अमेरिकाका थुप्रै राज्यले आवतजावतमाथि रोक लगाएकाले अर्थतन्त्रको केही हिस्सा ठप्प हुन पुगेको छ । विगत चार साताभित्र २ करोडभन्दा बढी अमेरिकी जनताले रोजगार गुमाएको दाबी गरिएको छ ।











प्रतिक्रिया