काठमाडौँमा २ जना नर्समा देखियो कोरोना संक्रमण ‘पोजेटिभ’

0
Shares

न्युज अफ नेपाल,काठमामाडौँ ।

मंगरबार काठमाडौँमा २ जना नर्सलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनीहरुको आरडिटी परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।

आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको जनाईएको छ । आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण भईरहेका छ ।