नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

आज एकै दिन उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ४ जना (टेकु अस्पतालबाट दुईजना, बाग्लुङस्थित धौलागिरि अस्पतालबाट एक जना र कैलालीस्थित सेती अस्पतालबाट एक जना ) उपचार पछि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।