उदयपुरमा एकैदिन १० जना कोरोना संक्रमित थपिए, देशभर संक्रमितको संख्या ४१ पुग्यो

0
Shares

भगवती तिमल्सिना,काठमाडौ ।

मानवीय अस्तित्व नै संकटमा पार्दै विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको चाप नेपालको उदयपुरमा पछिल्लो समय बढेर गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार मंगलबार मात्र १० जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । नेपालमा अहिले ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

उदयपुरमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरबाट नमूना संकलन गरि बिराटनगर ल्याईएको ३ सय २० को परिक्षण गर्दा १० जनामा पोजेटिभ देखिएको र पुनः बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा पोजेटिभ आएको प्रवक्ता डा.देवकोटाले जानकारी गराउनुभयो ।
पछिल्लो समय कोरोना संक्रमण देखिएका व्यक्तिहरु उदयपुरको मस्दिज वरपरका व्यक्तिहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण पोजेटिभ देखिएपछि आज विहानै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन परीक्षणका लागि लगिएको थियो । ‘प्रतिष्ठानमा परीक्षण गर्दा समेत रिपोर्ट पोजेटिभ आएको डा.देवकोटाले जानकारी गराउनुभयो । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एक जनाको डिष्चार्ज

सेती प्रादेशिक अस्पतालबाट एक जना कोरोना संक्रमित व्यक्तिलाई डिस्चार्ज गरिएको छ । यो अस्पतालमा ५ जनाको उपचार भैरहेको थियो । दुबईबाट आएका यी व्यक्तिको नेगेटिभ आएकाले डिस्चार्ज गरिएको हो । अर्का एक जनाको ३ दिन अघि डिस्चार्ज भैसकेको थियो । अब ३ जनाको सेती प्रादेशिकमा उपचार भैरहेको छ । सुदुर पश्चिम प्रदेशमा भेटिएका पहिलो व्यक्तिको एक महिनाको उपचार पछि मंगलबार डिस्चार्ज भएको हो ।