उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ४० पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

उदयपुरमा मंगलबार ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ ।उनीहरुको संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ । नेपालमा अब जम्म संक्रमितको संख्या ४० पुगेको छ । हालसम्म नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ४ जना (टेकु अस्पतालबाट दुईजना, बाग्लुङस्थित धौलागिरि अस्पतालबाट एक जना र कैलालीस्थित सेती अस्पतालबाट एक जना ) उपचार पछि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।