प्रगतिशील युवा समाजद्वारा विभिन्न पालिकालाई राहत वितरण

94
Shares

मानबहादुर बोहरा, बझाङ ।

प्रगतिशील युवा समाजले बझाङ जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई राहत उपलब्ध गराएको छ ।

कोरोना भाइरस (कोभिड-१९) रोग संक्रमणको जोखिम न्यूनीकरणको लागि सरकारले लकडाउन जारी गरेपछि असहाय, विपन्न तथा गरीब परिवारलाई खाद्यान्नको अभाव हुनथालेपछि समाजले पालिकाद्वारा राहत वितरण गरेको हो । वल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रगतिशील युवा समाजले जिल्लाको केदारस्युँ गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरिएको समाजका परियोजना संयोजक यज्ञराज जोशिले जानकारी दिए । उनका अनुसार केदारस्युँ गाउँपालिकाका २५ परिवार, छबिसपाथिभेरा गाउँपालिका २५ परिवार र जयपृथ्वी नगरपालिकाका ५० परिवारले पाउने गरि समाजले मंगलबार पालिकालाई राहत सामाग्री उपलब्ध गराएको छ ।

प्रति परिवारलाई ३० किलो चामल, ३ प्याकेट तेल, ३ किलो नुन र २ किलो दाल पाउने गरेर पालिकालाई राहत सामग्री हस्तान्तरण गरिएको हो । आफूलाई प्रगतिशील युवा समाजले उपलब्ध गराएको राहत सामाग्री पालिकाहरुले आफ्नो पालिकामा रहेका अति गरीब, हातमुख जोर्न समस्या भएका तथा विपन्न परिवारलाई वितरण गर्ने जनाएका छन् ।