उदयपुरका ८ जनामा कोरोना संक्रमण देखियो, थप परीक्षण हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उदयपुरका ८ जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरको कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

नतिजा संकास्पद देखिएपछि थप परीक्षणका लागि उनीहरुको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइउको छ । धरानबाट परीक्षण्को रिपोर्ट आएपछि मात्र कोरोना हो वा हाइन भन्ने बताउन सकिने चिकित्सकले जनाएका छन् । उनीहरुको रिपोर्ट मंगलबार बेलुकासम्म आउने सम्भावना रहेको छ ।

केही दिन अगाडि उदयपुरको भुल्के मस्दिजमा रहेका १२ भारतीय र १ नेपाली गरी १३ जनामा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रका बासिन्दाको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर ल्याइएको थियो । सो परीक्षणका क्रममा उनहिरुमा संक्रमण देखिएपछि थप परीक्षणका लागि धरान पठाइएको हो ।