भारतका ५३ पत्रकार कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपनल, काठमाडौं ।

भारतको मुम्बईमा ५३ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनले एक सय ६७ पत्रकारहरुमा गरेको परीक्षणमा ५३ जनामा कोरोना पोजेटिभ देखिएको हो । बीएमसीका प्रवक्ता विजय काबलेले सो कुराको पुष्टि गर्दै कोरोनाको लक्षण देखिएका सबै पत्रकारलाई परीक्षण गराउन अपील गरेका छन् ।

संक्रमण देखिएका अधिकांश टेलिभिजनमा काम गर्ने पत्रकार रहेका छन् । उनीहरुलाई आइसोलेसनमा राखि उपचार गरिरहेको बताइको छ ।

यसअघि भारतको चेन्नईमा पनि दुई पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गत मार्चमा मध्यप्रदेशको भोपालमा पनि एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।