वासिंगटन (एजेन्सी) ।
विश्व महामारीको तान्डव नृत्य देखाइरहेको कोरोना संक्रमणका कारण देशको सबैपक्ष तहस नहस बन्दै गएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन प्रति लगातार आक्रमक हुँदै गइरहेका छन् ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनमा कोरोना भाइरसको जाँचका लागि एक टोली चीन पठाउन चाहेको बताए । एक दिन अगाडीमात्रै यदि चीनले जानीजानी कोरोना भाइरसका विषयमा जानकारी लुकाउने प्रयास गरेको हो भने त्यसको नतिजा भोग्नु पर्ने उनले चेतावनी दिएका थिए ।
कोरोना भाइरसलाई प्लेग जस्तो भएको बताउँदै आफु चीनसँग अन्यन्त असन्तुष्ट रहेको ट्रम्पले बताए । उनले भने -‘ हामीले चीनसँग धरै अघि नै कुरा गरेका थियौँ । हामी त्यहाँ जान चाहन्छौं । हामी हेर्न चाहन्छौं कि , के भइरहेको हो । म चीनसँग ब्यापार सम्झौतालाई लिएर अत्यन्त खुशी थिएँ । फेरी हामीले यो प्लेगका बारेमा थाहा पाएँ र त्यो बेला देखि म खुशी छुइन । ‘
अमेरिकाले चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट यो कोविड १९ निस्केको हो वा होइन भन्ने विषयमा जाँच शुरु गरेको छ ।
वुहान गएर कोरोना भाइरसको जाँच गर्ने ट्रम्पको मागमा चीनले पनि टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले यो भाइरस पुरै मानव जातिको शत्रु भएको बताए । चीन यसमा दोषी होइन । चीनले भाइरसको रोकथामका लागि जिम्मेवार रवैया अपनाएको छ ।
ट्रम्पले चीनमाथि गलत आंकडा देखाएको, विश्वलाई अध्याँरोमा राखेको, विश्वका वैज्ञानिकहरुलाई कुनै जानकारी नदिएको आरोप लगाएको छ । जाँचका आधारमा अमेरिकाले सबै तथ्य अगाडी ल्याउने ट्रम्पले बताए । तर देशभित्रै विपक्षी डेमाक्र्याटिक पार्टीका नेताहरुले यस भाइरसलाई लिएर ट्रम्पमाथि लापरवाही देखाएको आरोप लगाएका छन् ।
चीनसँगको यात्रा प्रतिबन्द लगाएर चाँदै कारवाही थालेको ट्रम्पको दावीलाई झुठो भएको आरोप लगाउँदै उनले कारवाही गर्दा धेरै ढिलो भइसकेको उनीहरुले बताए । ट्रम्पले पुरै फेब्रुअरीसम्म भाइरसलाई हल्का रुपमा लिइरहेको उनीहरुको आरोप छ ।











प्रतिक्रिया