यस वर्ष २ लाख बढीले गरे आत्महत्या

0
Shares

वासिंगटन (एजेन्सी) ।

कोराना भाइरसको महामारीले विश्व अहिले थप्प अवस्थामा छ । विश्वका अधिकांश देश यस संक्रमणको डरले पुर्ण वा आंशिक लकडाउनमा छ । मानव सभ्यताले आर्जन गरेका अहिलेसम्मका सबै उपलब्धि यसका अगाडी निरिह बनिरहेको छ । यो त्यसैले पनि शक्तिशाली हो कि , यसको निदानका लागि कुनै औषधी बन्न सकेको छैन । यसको औषधी आउँदैमा यस रोगबाट मर्नेको संख्या सुन्यमा पुग्छ, त्यसतो सम्भव छैन ।

अहिले पनि विश्वमा सामान्य रुघाखोकी बाट पनि लाखौंको मृत्यु हुने गरेको छ, जवकी ती रोगका सामान्य औषधीबाटै उपचार हुन सक्छ । विश्वमा मानविय गतिविधि कारोनालाई हराउने नाममा थप्प रहेपनि सामान्य जीवन मरणको नियममा कुनै परिवर्तन आएको त होइन नै । अन्य रोगका कारण मर्नेहरु त्यसरी नै मरिहरहेका छन् जसरी कोरोना संक्रमण फैलिनु पुर्व हुने गरेको थियो । सबै मानविय गतिविधि थप्प पारेर कोरोना संक्रमणलाई हराउने नाममा यसबाट हुने मृत्युलाई केही हदसम्म न्युनिकरण गर्न सकेको भने पक्कै हो । तर कारणमात्र फरक हो विश्वमा अन्य विभिन्न कारणले मर्नेको संख्यामा भने कुनै कमी आएको देखिदैन ।

कोरोना महामारीका विश्वभरी कारण १ लाख ७० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यो आंकडा बढ्ने क्रम जारी छ । तर यो अवधीमा विश्वमा अन्य रोगका कारण मृत्यु हुने क्रम रोकिएको अवस्था भने होइन ।

यद्यपी कोरोना संकटका कारण यसमा मानिसहरुको ध्यान कम मात्रै गएको छ । आंकडालाई मान्ने हो भने यो बर्षको मात्र १ सय दिनमा करिब ४९ लाखले मुटु रोगबाट ज्यान गुमाइसके । बर्षमा यो आंकडा करिब २ करोड रहेको छ । मदिरा सेवनबाट ८ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ । जुन एड्सका कारण भएको मृत्युको तुलनामा करिब ३ गुणा हो । यो आंकडा डब्ल्युएचओ र द वल्र्डकाउन्टका अनुसार हो ।
यो बर्षको पहिलो १ सय दिनमा दुई लाख २० हजार भन्दा धरैले आत्महत्या गरिसकेका छन् । डब्ल्युएचओका अनुसार बार्षिक यो आंकडा औषत करिब ८ लाख नाघ्छ ।

एचआइभी र एडसबाट यो अवधीमा ३ लाखको मृत्यु भइसकेको छ । त्यसैगरी मलेरिबाबाट १ लाख १९ हजारले ज्यान गुमाइसकेको छ । यो आंकडा बर्षभरीमा ६ करोड २० लाख पुग्नेछ ।