कर्भडहलले ५ वर्षपछि पूर्णता पाउने भयो

0
Shares

न्युज अफ नेपाल, पोखरा।

पोखरा रंगशालामा निमार्ण भएको बहुउदेश्यीय कर्भडहलले ५ वर्ष पछि पुर्णता पाउने भएको छ ।

२०७१ सालमा निमार्ण शुरुगरिएको नेपालकै ठुलो कर्भडहल चार वर्षमा सम्पन्न भएको थियो भने सिट, साउन्ड लाइट लगायतको काम भने बाकि थियो जुन कामले पनि अब पुुर्णता पाउने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उक्त कभर्डहलको लागि सिट जडान गर्न टेन्डर आह्वान गरेको छ । बिहिवार टेन्डरको लागि सुचना लिकाले संगै कर्भडहलले पुर्णता पाउने आश जागेको हो । गण्डकी प्रदेशमा आगामी फागुनमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता समेत आयोजना हुदैँछ । ५ करोड बजेट विनियोजन भएको कर्भडहलको लागि काम भने कोरोना आतंक सकिएपछि हुने देखिएको छ ।

टेन्डर आह्वान गरेसंगै २ हजार सिट जडान गरिने छ भने साउन्ड सिस्टम व्यवस्थापन तथा अन्य सजावट गरिने छ । १५ महिनामा सक्ने लक्ष्यका साथ ०७१ साल वैशाख दोस्रो साता शिलन्यास गरिएपनि ०७२ सालको विनाशकारी भुकम्पको समयमा सम्पन्न हुन सकेको थिएन् । लगत्तै नाकाबन्दिको कारणले पनि निमार्णकार्य सुस्त भएको थियो । १४ करोड ३० लाख रुपैयाँ बजेट छुट्टयाइएको उक्त हल निमार्ण सम्पन्न हुन ४ वर्ष लागेको थियो । ०७६ साल मंसिरमा उक्त कर्भडहलमा १३ दक्षिण एशियाली खेलकुद (साग) अन्तरगर्त ह्यान्डबल प्रतियोगिता समेत सम्पन्न भएको थियो ।

कोरोनाको महामारीले टेन्डर आह्वान गरेपनि प्रक्रिया भने रोकिन सक्ने जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकास बरालले बताए । टेन्डर आह्वान संगै पक्रिया शुरुभए ६–७ महिनामा काम सम्पन्न हुने बरालले बताए । देशकै ठुलो कर्भडहल पुर्ण रुपमा सम्पन्न हुन ५ वर्ष लागेको उनले बताए । उक्त हल निमार्ण डाँफेमुनाल एण्ड आचार्य प्रतिष्ठा कम्पनीले गरेको थियो ।