कोरोना अपडेट : विश्वभर एक लाख ७० हजार ५०१ को मृत्यु, २४ लाख ८३ हजार १८१ संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर एक लाख ७० हजार ५०१ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका २४ लाख ८३ हजार १८१ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ६ लाख ५२ हजार ७६१ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ४२ हजार ५ सय १८ जनाको मृत्यु भएको छ भने ७ लाख ९२ हजार ९३८ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो इटली जहाँ २४ हजार ११४ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८१ हजार २२८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३२ जनाको मृत्यु भएको छ ।

यस्तै, स्पेनमा २० हजार ८५२, फ्रान्समा २० हजार २६५, बेलायतमा १६ हजार ५०९, इरानमा ५ हजार २०९, बेल्जीयममा ५ हजार ८२८, जर्मनीमा ४ हजार ८६२, नेदरल्याण्डमा ३ अजार ७५१, टर्कीमा २ हजार १४०, स्वीजरल्याण्डमा १ हजार ४२९, ब्राजिलमा २ हजार ५८८ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ३१ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।