‘किम सिकिस्त रहेको हल्लै मात्र ’

0
Shares

सोल , एजेन्सी । 

मुटुको शल्यक्रिया पछि उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनको स्वास्थ अवस्था अत्यन्तै चिन्ताजनक रहेको भन्ने हल्ला सत्य नभएको मंगलवार दक्षिण कोरियाका अधिकारीहरुले बताएका छन् । किम जोंग उन ‘ सिकिस्त बिरामी ’ , ‘ बे्रन डेड ’ वा ‘ शल्यक्रिया पछि स्वास्थलाभ गर्दै ’ जस्ता खवरहरु संधै पुष्टि नै हुन नसक्ने किसिमले बाहिर आउने गरेको छ ।

यसपालि पनि दक्षिण कोरियाको राजधानी सोल स्थित राष्ट्रपतिय कार्यालय ब्ल्यु हाउसले ३६ वर्षिय किमको गम्भीर अस्वस्थताबारे उत्तरबाट कुनै संकेत प्राप्त नभएको पुष्टि गरेको छ । गत १५ अप्रिलमा आफ्नो हुजुबुबाको जन्मदिनमा मनाइएको महत्वपूर्ण कार्यक्रममा किमको अनुपस्थिती रहेको थियो ।