दुई पुरुष मृत अवस्थामा फेला

0
Shares

काठमाडौं।

तेह्रथुम, लालिगुँरास नगरपालिका २ स्थित दारे गौँडा हेलिप्याडमा ४३ वर्षीय पासाङ शेर्पा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । संखुवासभा घर बताउने पासाङ विगत १५र२० बर्षदेखि सोही ठाउँस्थित चिल्डेन पार्कको टहरामा बसी ज्यालादारी काम गर्दै आएको खुल्न आएको छ ।

झापा, मेचीनगर नगरपालिका ६ प्रगति टोल बस्ने ५५ वर्षीय चित्र बहादुर गौली सोही ठाउँ बाँसघारीस्थित चौरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस विषयमा थप अनुसन्धान चलिरहेको स्थानीय प्रहरीले जनाएको छ ।